तीजभन्दा ठूलो देशका लागि खेल्ने सपना, मैदानमै बिताउँदैछन् महिला खेलाडी
ratopati.com · Mon Sep 14 10:03:02 GMT 2026
काठमाडौँ । सोमबार देशभर हरितालिका तीजको रौनक छ । महिलाहरू रातो पहिरनमा सजिएका छन् । मन्दिरमा पूजा–आराधना, व्रत, नाचगान र भेटघाट चलिरहेको छ । सामाजिक सञ्जालदेखि गाउँ–सहरसम्म तीजको उत्सव देखिन्छ ।
तर, नेपाली राष्ट्रिय महिला खेलाडीहरूको तीज भने अरूको भन्दा फरक छ । हातमा पूजा सामग्री छैन, गलामा तीजको माला छैन । उनीहरूका हातमा र्याकेट, स्क्वासको बल, क्रिकेटको ब्याट–बल वा फुटबल छन् । कोही मैदानमा पसिना बगाइरहेका छन्, कोही प्रशिक्षणमा व्यस्त छन् त कोही देशको प्रतिनिधित्व गर्न विदेश जाने तयारीमा छन् ।
Read full story at source (ratopati.com)