लोप हुँदै भटमासखेती
rajdhanidaily.com · Mon Sep 14 10:04:02 GMT 2026

तेह्रथुम । कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती गरिँदै आएको भटमास पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। जिल्लाको म्याङलुङ आसपासका क्षेत्रमा एक दशकअघिसम्म बारीभरि देखिने भटमासका बोट अहिले फाट्टफुट्ट मात्र देखिएको छ।
प्रशस्त प्रोटिन पाइने भटमास स्थानीय समुदायको खानपानसँगै कृषि संस्कृतिसँग पनि जोडिएको बाली हो। भटमासको हरियो कोशा उसिनेर खाने, तरकारीका रूपमा प्रयोग गर्ने, पाकेपछि भुटेर खाने तथा परम्परागत रूपमा किनिमा बनाएर प्रयोग गर्ने प्रचलन छ। भटमासबाट तेलसमेत उत्पादन गरिन्छ।
Read full story at source (rajdhanidaily.com)