सांसद क्रान्तिशिखा धितालमाथि किन खनिए जेन्जी सहिद परिवारहरु ?
kendrabindu.com · Mon Sep 14 10:02:31 GMT 2026

काठमाडौं । जेन्जी सहिद परिवारहरुले जेन्जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति रास्वपा सचेतक क्रान्तिशिखा धितालले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
जेन्जी सहिद परिवार कल्याणकारी समाज र घाइते जेन्जी नेपालले सोमबार सिंहदरबारमा दक्षिण गेट बाहिर प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै जेन्जी सहिद प्रथम स्मृति दिवस कार्यक्रमलाई अपमान हुने गरि धिताले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो । सहिद परिवार र घाइतेहरूको त्याग तथा बलिदानलाई हल्का रूपमा लिएर सचेतक कान्तिशिखा धितालले सार्वजनिक रूपमा तल्लो स्तरको अभिव्यक्ति दिएको आरोप लगाउँदै उनीहरुले सार्वजनिक माफी माग्नुपर्ने जनाएका छन् ।
Read full story at source (kendrabindu.com)