रिफर्म यूकेमाथि प्रहरी छानबिन !
lokaantar.com

रिफर्म यूकेमाथि विदेशी चन्दा लिने र निर्वाचन कानून उल्लंघन गरेको आरोप लागेपछि बेलायती राजनीतिमा ठूलो हलचल मच्चिएको छ । गत साता च्यानल फोर न्युजले एक अनुसन्धानात्मक रिपोर्ट सार्वजनिक गरेपछि मेट्रोपोलिटन प्रहरीले यस विषयमा फौजदारी अनुसन्धान शुरू गरेको पुष्टि गरेको छ ।
यो मुद्दा केवल रिफर्म यूकेका केही व्यक्तिमा मात्र सीमित छैन । यसले बेलायतको निर्वाचन प्रणाली, राजनीतिक चन्दाको वास्तविक स्रोत पहिचान गर्ने प्रक्रिया र विदेशी शक्तिले बेलायती राजनीतिमा पार्न सक्ने प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावका बारेमा गम्भीर प्रश्न खडा गरिदिएको छ ।
Read full story at source (lokaantar.com)