विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा प्रसाईंलाई घर पठायो प्रहरीले [तस्बिरहरू]
hamrakura.com · Mon Sep 14 00:00:00 GMT 2026

काठमाडौँ । विवादित मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम गर्न रोक लगाइएको छ । झापाबाट काठमाडौँ ओर्लिएपछि विमानस्थलभित्रै कार्यक्रम आयोजना गर्न खोजेपछि प्रहरीले उनलाई भक्तपुरस्थित घर पठाएको हो ।
विमानस्थलबाट निस्कँदै गर्दा उनले प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । उनी घरमै पत्रकार सम्मेलन गर्ने तयारीमा रहेका छन् । प्रहरीले विमानस्थल परिसरभित्र कुनै कार्यक्रम गर्न नमिल्ने भन्दै घर पठाएको हो ।
Read full story at source (hamrakura.com)