बाढी प्रभावित जनप्रतिनिधिसँगको बैठकलगत्तै किस्पाङका गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ
canadanepal.com · Mon Sep 14 10:49:29 GMT 2026

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबार परिसरबाटै प्रहरीको नियन्त्रणमा परेका छन्। बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आयोजना गरेको बैठकमा सहभागी भई निस्कने क्रममा उनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार तामाङविरुद्ध बैंकिङ कसुर मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। अरुण अर्यालले दिएको जाहेरीका आधारमा प्रहरी वृत्त दरबारमार्गमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो। काठमाडौं जिल्ला अदालतबाट आइतबार पक्राउ अनुमति लिइएपछि दरबारमार्ग वृत्तको अनुरोधमा उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिएका छन्।
Read full story at source (canadanepal.com)