शतक बनाउन चुके वैभव, राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य
ratopati.com · Fri May 29 16:16:28 GMT 2026
मुल्लापुर । आईपीएल २०२६ को क्वालिफायर–२ मा राजस्थान रोयल्सले गुजरात टाइटन्ससामु जितका लागि २१५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुल्लापुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१४ रन बनाएको हो । राजस्थानका लागि युवा ब्याटर वैभव सूर्यवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ९६ रनको योगदान दिए, उनले मात्र ४७ बलको सामना गर्दै २०४.२६ को स्ट्राइक रेटमा ८ चौका र ७ छक्का प्रहार गरे ।
Read full story at source (ratopati.com)