कांग्रेसका नेता-कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला
nepalpress.com · Mon Sep 14 10:55:46 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसमा १४ औँ महाधिवेशन तयारी समितिका संयोजक डा शशांक कोइरालाले विशेष महाधिवेशन पक्षधरले पार्टीको अधिवेशन र महाधिवेशनको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडी बढाउनलाई कुनै पनि हालतमा उचित मान्न नसकिने बताएका छन् ।
डा कोइरालाले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै भने- ‘पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी एकलौटी रूपमा अगाडी बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न ।’
Read full story at source (nepalpress.com)