पेप्सी उत्पादक वरुण बेभरेजसहित ७ उद्योगलाई ३ दिनभित्र कागजातसहित विभागमा उपस्थित हुन निर्देशन
aarthiknews.com

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा कैफियत देखिएपछि पेप्सी उत्पादक वरुण बेभरेज नेपाल प्रा.लि.सहित ७ वटा उद्योग तथा फर्मलाई निर्देशन दिएको छ।
विभागको आपूर्ति, अनुगमन शाखाले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गरेको थियो। अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार आवश्यक निर्देशन र कारबाही गरिएको विभागले जनाएको छ।
Read full story at source (aarthiknews.com)