राप्रपा उपाध्यक्ष पाण्डेद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
kendrabindu.com · Thu Aug 27 09:41:20 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन् ।
बुधबार आएको भीषण बाढीले उक्त क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो । बाढीपीडितको सहयोगका लागि पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ जम्मा गरेका हुन् ।
Read full story at source (kendrabindu.com)