यश र कियारा आडवाणीको ‘टक्सिक’ ओटीटीमा कहिले आउँदैछ ?
barnanmedia.com · Mon Sep 14 11:37:37 GMT 2026

दक्षिण भारतीय अभिनेता यश र कियारा आडवाणी अभिनीत फिल्म ‘टक्सिक’ ओटीटी रिलिजको तयारीमा छ। भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म सेप्टेम्बर २५, २०२६ मा जी ५मा रिलिज हुने सम्भावना छ। यद्यपि निर्माता र ओटीटी प्लेटफर्मले रिलिज मितिबारे अहिलेसम्म आधिकारिक पुष्टि गरेका छैनन्।
गीतु मोहनदासको निर्देशनमा बनेको प्यान–इन्डिया ग्याङ्स्टर एक्सन ड्रामा ‘टक्सिक’ यशको ‘केजीएफ च्याप्टर २’ पछिको बहुप्रतीक्षित फिल्म थियो। करिब ५०० करोड रुपैयाँ बजेटमा निर्माण भएको भनिएको फिल्मले भने हलमा अपेक्षाअनुसार व्यापार गर्न सकेन।
Read full story at source (barnanmedia.com)