निजी विद्यालय र अस्पतालको सेवामा अब तीन प्रतिशत ‘समता शुल्क’ लाग्ने
baahrakhari.com · Fri May 29 17:39:15 GMT 2026

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको आर्थिक विधेयकमार्फत निजी विद्यालय र निजी स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवामा अतिरिक्त तीन प्रतिशत ‘समता शुल्क’ लगाउने व्यवस्था गरेको छ । सरकारले उक्त शुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार तथा पूर्वाधार विकासमा खर्च गरिने जनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकअनुसार निजी अस्पताल, क्लिनिक तथा अन्य स्वास्थ्य सेवा प्रदायक संस्थाले बिरामीबाट लिने सम्पूर्ण सेवा शुल्कमा तीन प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ उठाउनुपर्नेछ । सेवा प्रदायक संस्थाले बिजकमार्फत उक्त शुल्क असुल गर्नुपर्नेछ ।
Read full story at source (baahrakhari.com)