तीजको रौनकता बाढीपीडितको पीडामा
canadanepal.com · Mon Sep 14 12:21:10 GMT 2026

कैलाली - तीज भन्नासाथ माइती जाने, दर खाने, नयाँ लुगा लगाउने, दिदीबहिनी भेला भएर नाचगान गर्ने र सुख–दुःख साटासाट गर्ने पर्वको चित्र आँखाअघि आउँछ । तर यस वर्ष कैलालीमा तीजको माहोल केही फरक छ । उत्सव र मनोरञ्जनभन्दा रसुवाको भोटेकोशी बाढीमा प्रभावित तथा बेपत्ता नागरिकप्रतिको संवेदना बढी देखिएको छ ।
रसुवामा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेका बेला कैलालीका समेत केही नागरिक सम्पर्कविहीन छन् । रोजगारी, व्यवसाय वा अन्य कामका सिलसिलामा घरबाट टाढा रहेका आफन्त विपद्पछि सम्पर्कमा नआएपछि धेरै परिवारका लागि तीजको तयारीभन्दा आफ्ना मान्छेको अवस्था थाहा पाउनु प्राथमिकता बनेको छ ।
Read full story at source (canadanepal.com)