ब्रिक्समा नेपाललाई नबोलाइएको वा सहभागी नहुनुको कारणबारे गहिरो अध्ययन आवश्यक छ : राजेन्द्र शर्मा
ratopati.com · Mon Sep 14 12:34:10 GMT 2026

काठमाडौँ । अधिवक्ता राजेन्द्र शर्माले ब्रिक्स शिखर सम्मेलनमा नेपाललाई नबोलाइएको वा सहभागी नहुनुको वास्तविक कारणबारे गहिरो अध्ययन आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपाललाई ब्रिक्समा बोलाइएको हो वा होइन तथा बोलाइएको भए नेपाल सहभागी हुन किन गएन भन्ने विषयमा गहिरो अध्ययन हुन आवश्यक रहेको बताएका छन् । उनले नेपाल अमेरिकाको विकास परियोजना एमसीसीमा जोडिएकाले ब्रिक्समा जान आवश्यक नरहेको तथा असंलग्न परराष्ट्र नीति अङ्गाल्ने मुलुक भएकाले सहभागी नहुनु उपयुक्त भएको जस्ता टिप्पणीहरू भइरहेको उल्लेख गर्दै उनले यसको वास्तविक कारण खोजिनुपर्ने बताए ।
Read full story at source (ratopati.com)