हराउँदै गाउँघरको रैथाने तरकारी
rajdhanidaily.com · Mon Sep 14 12:33:38 GMT 2026

दाङ । बढैयाताल गाउँपालिका–३ का जोधनी थारुको बारीमा केही दशक अघिसम्म लटरम्म रैथाने बोडी, काँक्रा, लौका, फार्सी र भिण्डी फल्थ्यो । पछिल्ला वर्षमा रैथाने ती तरकारी फल्न छाडेको उनको अनुभव छ । उनले यस वर्ष पनि मकैसँगै रैथाने तरकारीको बीउ छरे पनि उत्पादन राम्रो नभएकोमा किसान थारुलाई दिक्क लागेको छ।
“बोट उम्रिए पनि राम्रोसँग फलेन, फलेका बोटमै कुहिने र कीरा लाग्ने समस्या देखियो”, उनले भनिन्, “पहिला बारीमा लटरम्म रैथाने टोंरै, भिण्डी, बोडी, काँक्रा फल्ने हुँदा त्यही तरकारी खान्थ्यौँ ।” “पहिले यतिबेला लोकल काँक्रा ठूलाठूला हुन्थे, एउटा काँक्रा एक्लै खान सकिँदैनथ्यो, अहिले ती काँक्रा पाउनै मुस्किल छ”, किसान थारुले भनिन्।
Read full story at source (rajdhanidaily.com)