ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्नुहुँदै
barnanmedia.com · Sat Jun 27 11:39:11 GMT 2026

मदन भण्डारी फाउन्डेसनद्वारा आयोजना हुन लागेको कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्नुहुने भएको छ ।
फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभामा आयोजना हुने ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रममा लामो समयपछि ओली र प्रचण्ड एकै मञ्चबाट सम्बोधन गर्नुहुने भएको छ ।
Read full story at source (barnanmedia.com)