नेपाल बाह्य स्वार्थ र फ्रेमवर्कबाट निर्देशित हुने जोखिममा छ : बुद्ध छिरीङ मोक्ताङ
kendrabindu.com · Mon Sep 14 12:53:04 GMT 2026

काठमाडौं । स्वदेशवादी नेता तथा परराष्ट्र मामिला जानकार बुद्ध छिरीङ मोक्ताङले नेपालको वर्तमान भूराजनीतिक स्थिति र सुपरपावर राष्ट्रहरूको रणनीतिबारे गम्भीर टिप्पणी गरेका छन् । राष्ट्रिय प्रेस क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ‘ग्रे जोन’ का गतिविधि र नेपालको सार्वभौमसत्तामाथि भइरहेका चलखेलबारे तीखो विश्लेषण प्रस्तुत गरेका हुन् ।
मोक्ताङले ‘ग्रे जोन’ लाई स्पष्ट रूपमा परिभाषित नहुने तर रणनीतिक उद्देश्यले निर्देशित हुने कूटनीतिक तथा सूचनात्मक अभ्यासको रूपमा चित्रण गरे । अमेरिकी वा विशेष राजनीतिक स्वार्थ समूहहरूले सञ्चालन गर्ने यस्ता न्युज पोर्टलहरूले ट्याक्टिकल म्यानुभरिङ मार्फत आफ्नो एजेन्डा अगाडि बढाउने गरेको उनले बताए । बालेन शाहको न्युयोर्क भ्रमण र त्यसको समयावधिलाई यसैको एक कडीका रूपमा हेर्न सकिने उनको तर्क थियो ।
Read full story at source (kendrabindu.com)