सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग
khabarhub.com · Mon Sep 14 12:53:56 GMT 2026

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्याउनका लागि सशस्त्र प्रहरी बललाई अत्याधुनिक अमेरिकी व्यावसायिक कार्गो ड्रोन हस्तान्तरण गरिएको छ । नियोग प्रमुख स्कट अर्बोम, सार्वजनिक मामिला प्रमुख माइक हार्कर र क्षेत्रीय सुरक्षा अधिकारी विल भनले सशस्त्र प्रहरी बल र सेभेन समिट ट्रेक्सको उपस्थितिमा ‘फ्रि फ्लाई अल्टा एक्स जेन२’ नामको उक्त ड्रोन हस्तान्तरण गरेका हुन् ।
कठिन भूबनोटका कारण पहुँच पुग्न नसकेका प्रभावित समुदायसम्म अत्यावश्यक आपूर्ति पुर्याउन सशस्त्र प्रहरीले यो ड्रोनको प्रयोग गर्नेछ । यसअघि अमेरिकी दूतावासको ‘एसेन्ट समिट’ अन्तर्गत सेभेन समिट ट्रेक्सले आमादाब्लम हिमालमा यस ड्रोनको सफल परीक्षण गरिसकेको छ ।
Read full story at source (khabarhub.com)