बैंक तथा वित्तीय संस्थाका तीन दर्जन कर्मचारी सम्पर्कविहीन, भौतिक क्षतिको टुंगो छैन
kendrabindu.com · Sat Aug 29 01:18:15 GMT 2026

काठमाडौं । भोटेकोशीमा बाढीमा परेका बैंक तथा वित्तीय संस्थाका तीन दर्जन कर्मचारी शुक्रबार साँझसम्म सम्पर्कमा आएका छैनन् । उद्धार टोलीले खोजी जारी राखे पनि ती कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको सम्बन्धित बैंकहरूले बताएका छन् ।
सम्पर्कमा नआएका कर्मचारीमध्ये वाणिज्य बैंकहरुका २७ जना, लघुवित्तका ६ जना र २ जना बिदा लिएर उक्त क्षेत्रमा घुम्न गएका गरी कुल ३५ कर्मचारीसँग सम्पर्क हुन नसकेको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए । ‘शुक्रबार साँझसम्म ती कर्मचारीसँग सम्पर्क हुन सकेको छैन, खोजी कार्य भने जारी छ,’ प्रवक्ता पौडेलले भने, ‘उद्धार टोलीले पनि निरन्तर खोजी जारी राखेकाले ती कर्मचारीसँग छिट्टै सम्पर्क स्थापित हुने आशा छ ।’
Read full story at source (kendrabindu.com)