नेपाललाई भारतको विद्युत् सहयोग, दैनिक १८ घण्टासम्म निर्यातको अनुमति
annapurnapost.com · Mon Sep 14 12:48:50 GMT 2026

काठमाडौं : भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्ने भएको छ। भारतको विद्युत् मन्त्रालयले आगामी १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो।
विनाशकारी बाढीका कारण नेपालको जलविद्युत क्षेत्रमा गम्भीर क्षति पुर्याइरहेका बेला भारतले विद्युत निर्यात गर्ने निर्णय गरेको हो। स्वीकृतिअनुसार मुजफ्फरपुर-ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाटसम्म तथा टनकपुर-महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ५४ मेगावाटसम्म विद्युत् निर्यात गर्न सकिनेछ।
Read full story at source (annapurnapost.com)