शहबाज सरिफले भने- स्विट्जरल्यान्ड बैठक सफल, ६० दिनभित्र अन्तिम सम्झौता
barnanmedia.com · Mon Jun 22 13:50:51 GMT 2026

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा भएको पहिलो उच्च स्तरीय वार्ता सफलतापूर्वक सकिएको घोषणा गरेका छन् । वार्ताको प्रमुख मध्यस्थकर्ताको भूमिकामा रहेका प्रधानमन्त्री शरिफले सोमबार एक्समार्फत वार्ता सफल भएको बताएका हुन् ।
‘इस्लामाबाद एमओयूको रूपरेखाअन्तर्गत पहिलो उच्च–स्तरीय समिति बैठक स्विट्जरल्यान्डको बर्गेनस्टकमा सफलतापूर्वक सम्पन्न भएको छ,’ प्रधानमन्त्री सरिफले लेखेका छन्, ‘छलफल सकारात्मक र रचनात्मक वातावरणमा सम्पन्न भएका छन् ।’
Read full story at source (barnanmedia.com)