नेपाली कांग्रेसका तीन समितिमा संयोजक मनोनयन
nepalnews.com · Mon Sep 14 13:07:43 GMT 2026

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय १५औं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले विभिन्न समितिमा संयोजकहरू मनोनयन गरेका छन् । कोइरालाले सोमबार तीन वटा समितिमा संयोजक तोकेका हुन्।
सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुइकेलका अनुसार, केन्द्रीय अनुशासन समितिमा पद्मनारायण चौधरीलाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यसैगरी, विधान मस्यौदा समितिमा शिवप्रसाद हुमागाईं र सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा किरणराज शर्मा पौडेललाई संयोजकमा मनोनयन गरिएको छ ।
Read full story at source (nepalnews.com)