उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल
baahrakhari.com · Mon Sep 14 13:30:44 GMT 2026

काठमाडौं । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल नियुक्त भएका छन् । युवा अभियन्ता तथा ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष रहेका अर्याललाई आइतबार बसेको पार्टीको सचिवालयको पूर्ण बैठकले महासचिवमा नियुक्त गरेको हो ।
उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा पार्टीमा औपचारिक प्रवेश गराएका हुन् । उनीसँगै कैलाश श्रेष्ठ, सुशील कार्की, कृष्ण रेउले, कालीप्रसाद चटौत, विष्णु पराजुली र दुर्गा अर्याल केन्द्रीय सदस्यका रूपमा पार्टी प्रवेश गरेका छन् ।
Read full story at source (baahrakhari.com)