एमालेको कार्यक्रमबाटै समातिए पौडेल, एसपी भन्छन्-माथिको आदेशानुसार स-सम्मान पक्राउ गरेका हौं
nepalpress.com · Mon Jun 22 14:22:38 GMT 2026

रुपन्देही । नेकपा एमालेमा नेतृत्व पुनःगठनको पक्षमा उभिएका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सोमबार साँझ सुर्खेतमा अकस्मात पक्राउ परे । उनलाई पार्टीले आयोजना गरेको कार्यक्रमस्थलबाटै प्रहरीले समातेर लगेपछि एमालेका नेता–कार्यकर्ता स्तब्ध बनेका छन् ।
पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव सङ्कलनअन्र्तगत कर्णाली प्रदेशस्तरीय कार्यक्रममा भाग लिन पौडेलसहितका नेताहरु सुर्खेत पुगेका थिए । कोशी, लुम्बिनी, सुदूरपश्चिमको कार्यक्रम सकाएर आइतबार मात्रै टोली त्यहाँ पुगेको हो ।
Read full story at source (nepalpress.com)