एडिबीले छयहत्तर करोड अनुदान दिने
gorkhapatraonline.com · Sat Aug 29 01:23:08 GMT 2026

एसियाली विकास बैङ्क (एडिबी) ले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीपछिको आपत्कालीन उद्धार तथा राहतका लागि करिब ७६ करोड रुपियाँ (५० लाख अमेरिकी डलर) उपलब्ध गराउने भएको छ । बैङ्कले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त अनुदान स्वीकृत भएको जनाएको हो ।
एडिबीको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ड’ बाट उपलब्ध गराइने यो अनुदानले खोज तथा उद्धारका सामग्री, चिकित्सा सामान, खाना, पिउने सुरक्षित पानी, अस्थायी वासस्थान, सरसफाइका सामान, फोहोर तथा पहिरो पन्छाउने काम, आपत्कालीन मर्मत र ढुवानी/व्यवस्थापनमा सहयोग पुर्याउने जनाइएको छ ।
Read full story at source (gorkhapatraonline.com)