ट्रम्पको दाबी: भेनेजुएलाको ६५ अर्ब ब्यारेलभन्दा बढी तेल भण्डारमा अमेरिकाको नियन्त्रण
barnanmedia.com · Sat Aug 29 01:22:26 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले भेनेजुएलाको ६५ अर्ब ब्यारेलभन्दा बढी प्रमाणित तेल भण्डारमा बहुमत नियन्त्रण कायम गर्ने गरी सम्झौता गरेको दाबी गरेका छन् । उनका अनुसार उक्त सम्झौताले अमेरिकी तेल भण्डार दोब्बरभन्दा बढी बनाउने, तेलको आपूर्ति बढाउने र अमेरिकी बजारमा पेट्रोलको मूल्य घटाउन सहयोग गर्नेछ ।
ट्रम्पले शुक्रबार राति सामाजिक सञ्जालमार्फत अमेरिकी विदेशमन्त्री मार्को रुबियो र ‘वार सेक्रेटरी’ पिट हेगसेथले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग मिलेर निजी क्षेत्रको साझेदारीमा सम्झौता सुरक्षित गरेको बताएका हुन् ।
Read full story at source (barnanmedia.com)