असोज ३ देखि उपत्यकामा २८ रात्रिकालीन बस, यी ६ नयाँ रुटमा सेवा
lokaantar.com

काठमाडौँ उपत्यकामा असोज ३ गतेदेखि २८ वटा विद्युतीय बसमार्फत रात्रिकालीन यातायात सेवा सञ्चालन हुने भएको छ । साझा यातायातका बसमार्फत उपत्यकाका उत्तर–दक्षिण तथा पूर्व–पश्चिम क्षेत्रलाई जोड्ने गरी ६ वटा रुटमा सेवा सञ्चालन गर्न लागिएको हो ।
रात्रिकालीन यातायात सेवा सञ्चालनका लागि अन्तरनगर सहकार्य, समन्वय र साझेदारीको प्रस्ताव लिएर काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल सोमबार भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिका पुगेकी छन् । डंगोलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापती, उपप्रमुख रजनी जोशी तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठसँग रात्रिकालीन यातायात सञ्चालनबारे छलफल गरेकी छन् ।
Read full story at source (lokaantar.com)