तीजमा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने ७७ जना पक्राउ
ratopati.com · Mon Sep 14 15:06:01 GMT 2026

काठमाडौँ। हरितालिका तीजको अवसरमा काठमाडौँ प्रहरीले अवाञ्छित तथा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने भन्दै सोमबार ७७ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार विगतका घटनाको अध्ययन तथा विश्लेषण गरी तीज पर्वका क्रममा अवाञ्छित गतिविधि, चोरी–लुटपाट तथा महिला दुर्व्यवहारमा संलग्न हुन सक्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read full story at source (ratopati.com)