रास्वपाको केन्द्रीय सदस्य भन्दै यस्तो हर्कत गर्ने व्यक्ति पक्राउ
lokaantar.com

आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भन्दै विभिन्न सरकारी तथा राजनीतिक पदको परिचय दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा झापाको हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्माले आफू विभिन्न सरकारी तथा राजनीतिक पदमा रहेको भन्दै सरकारी कार्यालय, बैठक तथा विभिन्न शैक्षिक संस्थामा प्रवेश गर्ने, दबाब तथा धाकधम्की दिने गरेको प्रहरीको भनाइ छ ।
Read full story at source (lokaantar.com)