नाफा–घाटा समायोजनपछि मात्र लाभकर लगाउने सरकारको प्रस्ताव
arthasansar.com · Mon Sep 14 15:44:57 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालयले नेपालको पुँजी बजारको सुधार, सुदृढीकरण र विस्तारका लागि २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ सार्वजनिक गरेको छ। मन्त्रालयले २०८३ भदौ २९ गते सार्वजनिक गरेको कार्ययोजनामा प्राथमिक तथा दोस्रो बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, संस्थागत लगानीकर्ताको सहभागिता, नेप्सेको पुनर्संरचना, कर प्रणालीमा सुधार तथा धितोपत्रसम्बन्धी कानुनी व्यवस्थामा परिवर्तनलगायतका विषय समेटिएका छन्।
अर्थ मन्त्रालयका अनुसार नेपालको अर्थतन्त्रमा विगत केही वर्षदेखि देखिएको शिथिलताको प्रभाव बैंक तथा वित्तीय क्षेत्र, उद्योग, वाणिज्य, पूर्वाधार विकास, लगानी र पुँजी बजारमा समेत परेको छ। सरकारले वार्षिक नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत घोषणा गरेका कार्यक्रम कार्यान्वयनको चरणमा रहेका बेला २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीबाट मानवीय क्षतिसँगै जलविद्युत आयोजना लगायतका भौतिक पूर्वाधारमा क्षति पुगेपछि अर्थतन्त्रमा थप चाप परेको र त्यसको असर पुँजी बजारमा समेत परेको मन्त्रालयले जनाएको छ। यही अवस्थालाई सम्बोधन गर्न तत्कालीन सुधार तथा पुनरुत्थानका लागि कार्ययोजना ल्याइएको हो।
Read full story at source (arthasansar.com)