भोटेकोशी बाढीमा बेपत्ता बागलुङवासीको संख्या १६ पुग्यो
gorkhapatraonline.com · Sat Aug 29 01:34:56 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता हुने बागलुङवासीको संख्या बढ्दै गएको छ। बुधबारसम्म पश्चिम बागलुङका तमानखोला गाउँपालिकाका नौ जना र ढोरपाटन नगरपालिकाका एक जना गरी १० जना बेपत्ता भएको खबर प्राप्त भएको थियो।
जिल्ला प्रहरी कार्यालय बागलुङले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार भोटेकोशी बाढीमा परी बेपत्ता हुने बागलुङवासीको संख्या बढेर १६ पुगेको छ। प्रहरीले सूचना जारी गर्दै बेपत्ता व्यक्तिका बारेमा जानकारी भए प्रहरीलाई उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
Read full story at source (gorkhapatraonline.com)