चितवनमा चाङ्गान नेभो Q05 सार्वजनिक, ५१.९९ लाखको विशेष मूल्यमा उपलब्ध
ratopati.com · Mon Sep 14 16:23:35 GMT 2026

चितवन। चाङ्गानको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी NEVO Q05 चितवनमा सार्वजनिक गरिएको छ। चितवन क्षेत्रका लागि MAW Vriddhi Autocorp Pvt. Ltd. अन्तर्गतको अधिकृत चाङ्गान डिलर राजहंस अटोमोबाइल प्रा.लि. ले भव्य कार्यक्रम आयोजना गर्दै NEVO Q05 बजारमा ल्याएको हो।
NEVO Q05 को Ultra भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य मा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म चितवनको रीजालचोकस्थित दीपल शोरुममा आयोजना हुने विशेष टेस्ट ड्राइभमार्फत गाडीको प्रत्यक्ष अनुभव लिन सक्नेछन्।
Read full story at source (ratopati.com)