इरानको प्रहरी चौकीमा आक्रमण दुई कानून अधिकारीको मृत्यु
ratopati.com · Sat Jun 27 12:14:38 GMT 2026

तेहरान । इरानको पश्चिमी कुर्दिस्तान प्रान्तको प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले गरेको “आतङ्कवादी“ आक्रमणमा दुई कानून प्रवर्तन कर्मचारीको मृत्यु हुनुका साथै दुई जना घाइते भएको फार्स समाचार एजेन्सीले शनिबार रिपोर्ट गरेको छ ।
रिपोर्टका अनुसार बनेह र साकेज काउन्टीहरू बिचको सडकमा आक्रमण गरिएको थियो । फार्स समाचार एजेन्सीका अनुसार घाइतेहरूलाई उपचारका लागि मेडिकल सेन्टरमा लगिएको छ भने प्रान्तीय प्रहरीले आक्रमणकारीहरूको पहिचान गर्न र पक्राउ गर्न निर्देशन जारी गरेको छ ।
Read full story at source (ratopati.com)