धितोपत्र बजारको लगानीलाई प्रोत्साहित गर्न कर व्यवस्थामा आमूल सुधार गरिने
ratopati.com · Mon Sep 14 16:39:29 GMT 2026

काठमाडौँ । सरकारले पुँजीगत लाभकर सम्बन्धी व्यवस्थामा सुधार गर्ने घोषणा गरेको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको २१ बुँदे ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना’ मार्फत बजारमा लगानीमैत्री वातावरण बनाउन करका दर र गणना विधिमा व्यापक परिवर्तन गर्ने भएको हो ।
हालसम्म सेयर बजारमा नाफा हुँदा कर तिर्नुपर्ने तर नोक्सानी व्यहोर्दा त्यसलाई समायोजन गर्न नपाउने व्यवस्थाले लगानीकर्ताहरू मारमा पर्दै आएका थिए । अब भने सरकारले धितोपत्रको दोस्रो बजारमा हुने नोक्सानीलाई नाफासँग मिलान गर्न पाउने गरी 'नोक्सानी समायोजन' को व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ ।
Read full story at source (ratopati.com)