मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
ratopati.com · Mon Jun 22 17:54:16 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले अस्ट्रियाविरुद्ध पहिलो हाफसम्म १–० को अग्रता लिएको छ। अमेरिकाको डालस स्टेडियममा सोमबार राति १०ः४५ बजे सुरु भएको खेलमा कप्तान लियोनेल मेसीले कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाले अग्रता बनाएको हो ।
खेलको ३८ औँ मिनेटमा एफ. मेदिनाको पासलाई सदुपयोग गर्दै मेसीले गोल गरेका हुन् । यो गोलसँगै मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । उनको विश्वकपमा कुल गोल सङ्ख्या १७ पुगेको छ । यसअघि जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलका साथ मेसीसँगै संयुक्त शीर्ष स्थानमा थिए ।
Read full story at source (ratopati.com)