मिथिलाको सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न
khabarhub.com · Sat Aug 29 01:40:55 GMT 2026

महोत्तरी– मधेसको मिथिला क्षेत्रमा मनाइने सांस्कृतिक पर्व झुलनोत्सव सम्पन्न भएको छ । साउन शुक्लपक्षको तृतीयाका दिन सुरु भएको झुला पर्व पूर्णिमाको मध्यरातमा सम्पन्न भएको हो ।
साउन शुक्लपक्षका पछिल्ला १३ दिन मिथिला क्षेत्रमा मनाइने झुला पर्वमा परम्पराअनुसार विष्णु–लक्ष्मीका प्रतिमा झुलाइन्छ । पूर्णिमाको मध्यरातपछि झुला हल्लाउने डोरी छिनाएर पर्व सम्पन्न गर्ने परम्परा छ ।
Read full story at source (khabarhub.com)