भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत दिने
nepalnews.com · Mon Sep 14 17:32:44 GMT 2026

काठमाडौं। भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने भएको छ । भारतको ऊर्जा मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
भारतरले यही सेप्टेम्बर १३ देखि आगामी डिसेम्बर ३१ सम्म नेपाल विद्युत् प्राधिकरणलाई राति १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् उपलब्ध गराउने निर्णय भएको जनाएको छ । भारतका अनुसार मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसाइनमार्फत ५४ मेगावाट विद्युत् उपलब्ध गराइनेछ ।
Read full story at source (nepalnews.com)