मनोहरा खोलामा बाढीको बहाव बढेपछि नदी किनारका बस्तीमा त्रास (तस्बिरहरू)
ratopati.com · Mon Sep 14 17:31:45 GMT 2026

काठमाडौँ । सोमबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा पानीको बहाव बढेको छ । बाढीको सतह बढेसँगै नदी किनारका केही टहराहरूमा पानी पसेको छ ।
खोलामा पानीको बहाव बढेपछि नदी किनारमा बसोबास गरिरहेका स्थानीय बासिन्दाहरू त्रसित बनेका छन् । खोलाको सतह अझै बढ्न सक्ने चिन्ता र डरका कारण उनीहरू आफ्ना वासस्थानबाट बाहिर निस्किएर सुरक्षित स्थानको खोजीमा खुला ठाउँमा बसिरहेका छन् ।
Read full story at source (ratopati.com)