प्रतिबन्धित भेपसहित चार जना पक्राउ
lokaantar.com

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रतिबन्धित विद्युतीय चुरोट (भेप) भण्डारण तथा बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भेपको कारोबारमा संलग्न रहेको आरोपमा धादिङका पूर्णलाल श्रेष्ठ, काठमाडौँका शुभम गुप्ता, राजन मोक्तान र काभ्रेपलाञ्चोकका सक्षम श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट दुई हजार ७७० थान भेप बरामद गरिएको प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)