रसुवा र भोटेकोसीका बाढी प्रभावित विद्यार्थीलाई राजधानी मोडेल कलेजले ७० लाखभन्दा बढीको छात्रवृत्ति दिने
ratopati.com · Mon Sep 14 18:10:24 GMT 2026

काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरस्थित राजधानी मोडेल कलेजले हालै रसुवा र भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष छात्रवृत्ति योजनाको घोषणा गरेको छ । कलेजले कक्षा १२ उत्तीर्ण विपद्मा परेका परिवारका उत्कृष्ट १० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको हो ।
कलेज प्रशासनका अनुसार बिएससी सिएसआइटी, बिबिए र बिएचएम जस्ता उच्च माग भएका स्नातक तहका कार्यक्रमहरूमा यो छात्रवृत्ति उपलब्ध गराइनेछ । यस विशेष छात्रवृत्ति योजनाको कुल लागत ७० लाख रुपैयाँभन्दा बढी रहेको कलेजले जनाएको छ ।
Read full story at source (ratopati.com)