बौद्धनाथ चैत्यमा विशेष प्रार्थना
ratopati.com · Mon Sep 14 18:25:03 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाको सम्झनामा बौद्धनाथ चैत्य परिसरमा दीप प्रज्वलनसहित विशेष प्रार्थना गरिएको छ ।
विभिन्न २१ सामाजिक तथा धार्मिक सङ्घसंस्थाको आयोजनामा बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकको शीघ्र उद्धार र सकुशलताको कामनासहित तीन दिनसम्म प्रार्थना तथा दीप प्रज्वलन कार्यक्रम आजदेखि सुरु गरिएको हो । कार्यक्रममा बौद्ध तथा हिन्दु धर्मगुरुसहित विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति थियो ।
Read full story at source (ratopati.com)