स्याम्पू र कण्डिशनर छनोट गर्दा यी कुरा याद गर्नुहोस्, अनिमात्रै हुन्छ फाइदा
ratopati.com
नेपालमा स्थानीय उत्पादन किन्ने परम्पराले बढावा पाउँदै गैरहेको हुँदा ग्राहकहरुको ब्राण्ड रोज्ने निर्णयमा समेत त्यसले धेरै भन्दा धेरै प्रभाव पार्दै गइरहेको छ । उपभोक्ताहरुका लागि अहिले स्वास्थ्य नै पहिलो प्राथमिकता हो । र त्यसैले ब्राण्डहरु आफ्नो सबैभन्दा ठूलो जित नै ग्राहकहरुको माग पूरा गर्नु भएको मान्दछन् । त्यसैगरी, विभिन्न उत्पादनहरुको उपलब्धता र ती उत्पादनहरुसम्मको सहज पहुँचले पनि ग्राहकहरुलाई उनीहरुको चाहना र रुची सुहाउँदो उत्पादनहरुको बारेमा जानकारी राख्न सजिलो बनाइदिएको छ । शिक्षित वर्गहरुको वृद्धि, आय स्तर र मानिसहरुको जीवन स्तरमा भएको परिणामी वृद्धिदरले उपभोक्ता ब्राण्डप्रति सजग भएका छन् भने इकमर्स साइटहरुले आफ्नो साइटहरुमा राख्ने धेरै ब्राण्डहरु सम्बन्धी सूचनाले पनि उपभोक्ताहरुलाई धेरै छनौटका अवसरहरु प्राप्त भएका छन् ।
स्याम्पूहरु र कण्डिशनरहरुको प्रयोगमा पनि ग्राहकहरुले सल्फेट र पाराबेन नभएको स्याम्पूहरु तथा कण्डिशनरहरु उपयोग गर्नेतर्फ सचेत भएका छन् । सल्फेट तथा पाराबेन तत्वहरुको प्रयोग स्याम्पूहरु र कण्डिशनरहरुबाट पर्याप्त फिँज आउनका लागि गर्ने गरिन्छ जसले दीर्घकालमा गएर केशको स्वास्थ्यलाई खराब गर्ने र ती शिरको संवेदनशील भागको लागि पनि अनुपयुक्त हुन्छन् ।
Read full story at source (ratopati.com)