एमाले प्रचार विभागमा आचार्य र प्रेस चौतारीमा झाक्रीलाई इञ्चार्ज
kendrabindu.com · Sat May 30 01:30:51 GMT 2026

काठमाडौं । नेकपा एमालेले प्रचार विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य निरज आचार्यलाई दिएको छ । पार्टीको प्रचार फाँटसम्वद्ध जनसंगठन प्रेस चौतारी नेपालको इञ्चार्जमा अर्की केन्द्रीय सदस्य रामकुमारी झाँक्री तोकिएकी छन् ।
जेठ ४ गते शुरु भई १० गते समापन भएको सचिवालय बैठकको निर्णयले उनीहरुले त्यस्तो जिम्मेवारी पाएका हुन् । शुक्रबार जारी भएको ४६ पृष्ठको अन्तर पार्टी निर्देशन (अपानि) मा यो कुरा उल्लेख छ ।
Read full story at source (kendrabindu.com)