नेपाल ‘ए’ हैदराबाद किंग्समेन एकेडेमीसँग पराजित
annapurnapost.com · Thu Aug 27 09:40:48 GMT 2026
काठमाडौं : अष्ट्रेलियाको दर्थन टेरिटोरीमा जारी टप एण्ड टी-२० श्रृंखलामा नेपाल पाँचौं खेलमा हैदराबाद किंग्समेन एकेडेमीसँग ३१ रनले पराजित भएको छ। नेपालले जारी श्रृंखलामा यो तेस्रो हार बेहोरेको हो। तेस्रो हारसंगै नेपाल सेमिफाइनल समीकरणबाट बाहिरएको छ।
डार्विनस्थित गार्डेन ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९७ रन बनाएको थियो। हैदराबादले दिएको १९८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल‘ए’ १९.२ ओभरमा १६६ रन बनाउँदै अलआउट भएको हो। नेपालको लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । आजको खेलमा ओपनरद्वय चल्न सकेनन्। कप्तान अनिल कुमार शाह ११ रनमा क्याच भए। लोकेश बमले ३८, रासिद खानले ११, नारायण जोशीले १३ र विपिन खत्रीले १० रन बनाए। अनय कुनैपनि ब्याटरको ब्याटबाट दोहोरो अंकमा रन बन्न नसक्दा नेपाल अलआउट भयो।
Read full story at source (annapurnapost.com)