रसुवा बाढीः दुई सय ५८ जनाको शव फेला, नौ सय १० सम्पर्कविहीन [भिडियो]
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

काठमाडौं । रसुवामा आएको भीषण बाढी तथा पहिरोका कारण देशभर हालसम्म २ सय ५८ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बिहीबार दिउँसो २ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै देशभरबाट सो संख्यामा शव फेला परेको र ९ सय १० जना अझै सम्पर्कविहीन रहेको जानकारी दिएकी छिन्।
प्रवक्ता महतका अनुसार सबैभन्दा बढी चितवनमा १ सय ८ वटा शव फेला परेका छन्। त्यस्तै, नवलपरासी पूर्वमा ६२, धादिङमा २७, गोर्खामा २०, नवलपरासी पश्चिममा १५, नुवाकोट र तनहुँमा १२–१२ तथा रसुवामा २ वटा शव फेला परेको छ। बाढीका कारण सुरक्षाकर्मी र विभिन्न सरकारी कार्यालयका कर्मचारीहरूसमेत बेपत्ता भएका छन्। तथ्यांकअनुसार नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका ४ जना सम्पर्कविहीन रहेका छन्।
Read full story at source (hamrakura.com)