सरकारद्वारा भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तहलाई ६ करोड ७५ लाख राहत
barnanmedia.com · Sat Aug 29 01:54:25 GMT 2026

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले ६ करोड ७५ लाख रुपैयाँ राहत रकम निकासा गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका १५ स्थानीय तहका लागि शुक्रबारसम्म उक्त रकम निकासा गरेको हो। प्राधिकरणका अनुसार निकासा भएको रकम सम्बन्धित स्थानीय तहलाई क्षतिको अवस्था र आवश्यकताका आधारमा वितरण गरिनेछ।
Read full story at source (barnanmedia.com)