क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
ratopati.com · Mon Jun 22 21:40:54 GMT 2026

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले क्षयरोगका बिरामीलाई पोषण सहयोग गरेको छ । पालिकाले ५७ विपन्न क्षयरोगका बिरामीलाई खाद्यान्न वितरण गरेको हो ।
पोषणमा २५ किलो चामल, एक क्यारेट अण्डा, डेढ किलो चिनी, दुई किलो दाल, एक लिटर खाने तेल र डेढ किलो गेडागुडी वितरण गरेको छ । टीकापुर नगरपालिकामा विगत चार वर्षदेखि क्षयरोग मुक्त पालिका अभियान सञ्चालनमा छ । सो अभियानअन्तर्गत क्षयरोगीको निदान र उपचारमा प्राथमिकता दिइएको छ ।
Read full story at source (ratopati.com)