‘बजेटले नागरिकमा आशा जगाएको छ’
gorkhapatraonline.com · Sat May 30 03:48:02 GMT 2026

सङ्घीय सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि शुक्रबार सार्वजनिक गरेको बजेटप्रति रुपन्देहीका उद्योगी, व्यवसायी, शिक्षाविद्, राजनीतिकर्मी तथा नागरिक समाजका अगुवाले विगतको भन्दा नौलो र आशा जगाउने खालको बजेट भनेर सकारात्मक प्रतिक्रिया दिएका छन् । अधिकांश व्यक्तिले बजेटले आशा जगाएको उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा भने सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बजेटले समग्रमा नागरिकमा आशा जगाएको प्रतिक्रिया दिनुभयो । बजेटको विस्तृत अन्तर्वस्तुबारे अध्ययन गर्न बाँकी रहे पनि खर्च कटौती र मितव्ययितामा सरकारले लिएको नीति नै महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
Read full story at source (gorkhapatraonline.com)