हिमालमा बढ्दो प्राकृतिक विपत्
gorkhapatraonline.com · Sat Aug 29 02:07:07 GMT 2026

हिमालमा हुने प्राकृतिक घटना पूर्णतया नियन्त्रण सम्भव छैन । प्राकृतिक घटनालाई विपत्तिमा परिणत हुन नदिन प्रकोप पूर्वानुमान र क्षति न्यूनीकरण प्रणालीको विकास गर्न भने सकिन्छ । आधुनिक विपत् व्यवस्थापनको मूलमन्त्र नै जोखिम न्यूनीकरण गर्नु हो । रसुवा घटनाले हिमाली क्षेत्रको जोखिम केवल वर्षाले मात्र हुँदैन भन्ने शिक्षा दिएको छ ।
हिउँले ढाकिएका सुन्दर शृङ्खला पानी, जैविक विविधता, कृषि, ऊर्जा, पर्यटन र करोडौँ मानिस र अन्य जीवका जीवनसँग जोडिएका प्राकृतिक प्रणाली हुन् । हिमालहरू राष्ट्रिय पहिचान, अर्थतन्त्र, वातावरणीय सुरक्षा, राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा, कूटनीति, भूराजनीति र अन्तरदेशीय सम्बन्धका आधारस्तम्भ पनि हुन् । हिउँ, चट्टान र नदीको भूभागको व्यापक र अत्यन्त संवेदनशील पारिस्थितिक प्रणाली हुन्, जसले प्राणी जगत्को जीवनलाई आधार प्रदान गर्छन् । यसर्थ सम्पूर्ण पारिस्थितिक प्रणालीका संवाहक हुन्– हिमाल ।
Read full story at source (gorkhapatraonline.com)