दरवाङमा सडक कालोपत्र गर्न थालियो
nagariknews.nagariknetwork.com · Sat Jun 27 12:18:04 GMT 2026

म्याग्दीको मालिका गाउँपालिका ६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको छ। सङ्घीय सरकारको समपुरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो।
एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु एक करोड २६ लाख ८२ हजार ८८८ कबोलेको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)